site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
होन्डाको तीनदिने फ्री क्याम्प : छुटदेखि नि:शुल्क एयर ब्याग फेरिदिने

काठमाडौं । होन्डा गाडीको आधिकारिक वितरक स्याकार ट्रेडिङले तीनदिने फ्री सर्भिस क्याम्प र टेस्ट ड्राइभ आयोजना गरेको छ । होन्डाले विराटनगर–धरान–इटहरी, दमक–बिर्तामोडमा तीनदिने क्याम्प आयोजना गरेको हो ।

यस्तै, होन्डा इलिभेट गाडीको टेस्ट ड्राइभसमेत आयोजना गरेको जनाएको छ । क्याम्पमा कम्पनीले लेबर चार्जमा २० प्रतिशत, पार्ट्समा ७ प्रतिशत, ल्युबमा पाँच प्रतिशत छुट गरेको थियो ।

एचडीएस स्क्यानका साथै २००१ मोडलदेखि २०१४ मोडलसम्मका गाडी ‘सेफ्टी रिकल’अन्तर्गत फ्री एयर ब्यागसमेत परिवर्तन गरेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १३:१७
प्रतिक्रिया दिनुहोस्