site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकामा आँधी, कम्तीमा २१ जनाको मृत्यु
तस्बिर : रोयटर्स ।

काठमाडौं । अमेरिकाका दुई राज्यका केही भागमा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

अमेरिकी राज्य केन्टकीका अधिकारीहरूले आँधीका कारण १४ जनाको मृत्यु भएको बताएका छन् । मिसौरीमा सातजनाको मृत्यु भएको छ, तीमध्ये सेन्ट लुइस सहरका पाँचजना हुन् ।

शनिबार बिहान दक्षिणपूर्वी केन्टकीको लरेल काउन्टीमा यो आँधी आएको थियो । अधिकारीहरूले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।

मिसौरीका अधिकारीहरूले शुक्रबार आएको आँधीले पाँच हजारभन्दा बढी भवनमा क्षति पुर्‍याएको बताएका छन् । घरका छाना उडेका छन् र विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

सेन्ट लुइसमा बिजुली कटौतीका कारण करिब एक लाख घरपरिवार प्रभावित भएका छन् । आँधीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा घर–घर गएर निरीक्षण भइरहेको अग्निनियन्त्रण विभागले जनाएको छ । बीबीसीबाट ।

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  २०:४५
प्रतिक्रिया दिनुहोस्