site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कर्मचारी सञ्चय कोषले दिएको तीन अर्ब ९९ करोड परियोजना कर्जा उठेन

काठमाडौं । कर्मचारी सञ्चय कोषले दिएको परियोजना कर्जाअन्तर्गतको तीन अर्ब ९९ करोड १७ लाख रुपैयाँ खराब कर्जाको रूपमा ब्याज समेत हिसाब गरी उठान गर्नुपर्ने भएको छ । कर्जा लगानी तथा असुली कार्यविधि तथा सम्झौताअनुसार सावाँ र ब्याज असुल नभएकोले थप छानबिन गरी सो ऋणको सावाँ र ब्याज असुल गर्न महालेखापरीक्षकको प्रतिवेदनले उल्लेख गरेको छ ।  

कर्मचारी सञ्चय कोष परियोजना कर्जा प्रवाह कोषको कर्जा, लगानी तथा असुली नीति, २०७७ को बुँदा नं. ८.२.३ (ख) बमोजिम कर्जामध्ये खराब कर्जाको रूपमा ब्याज समेत हिसाब गरेर असुल गर्नुपर्ने छ ।

६ कम्पनी, चार उद्योग तथा एक होटेल समेत गरी ११ व्यापारिक फर्मसँग तीन अर्ब ९९ करोड १७ लाख उठ्न बाँकी रहेको महालेखाले औंल्याएको छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्