site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
द्वन्द्व समाप्त नभएसम्म पाकिस्तानसँग क्रिकेट खेल्न हुँदैन : प्रशिक्षक गम्भीर

काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले आफ्नो टोलीले पाकिस्तानसँग तत्काल क्रिकेट खेल्न नहुने बताएका छन् । 

गत महिना कश्मीरमा पाकिस्तानले आतंकवादी हमला गरेको बताउँदै  मंगलबार गम्भीरले पाकिस्तानसँग भारतको द्वन्द्व नटुंगिएसम्म क्रिकेट खेल्न नहुने बताएका हुन् । 

“मेरो व्यक्तिगत सुझाव भनेको खेल्न हुँदैन भन्ने हो । यो द्वन्द्व समाप्त नभएसम्म भारत र पाकिस्तानबीच केही पनि हुनुहुँदैन,” प्रशिक्षक गम्भीरले सञ्चारकर्मीसँगको कुराकानीमा भने, “तर पनि खेल्ने/नखेल्ने सरकारले निर्णय गर्ने कुरा हो । यो मेरो नियन्त्रणको मात्र कुरा होइन । कहाँ खेल्ने कहाँ नखेल्ने सरकारले निर्णय लिनेछ ।”

मंगलबार भारतले हवाई हमला गर्नुभन्दा एक घण्टाअगाडि पत्रकार सम्मेलनमा उनलाई भारत–पाकिस्तान क्रिकेटको बारेमा सोधिएको थियो । उनले प्रश्नको जवाफ दिँदै भारत र पाकिस्तानको द्वन्द्व नटुंगिएसम्म ऊसँग खेल खेल्न नहुने धारणा व्यक्त गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro