site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कक्षा–१२ को परीक्षामा ७३ वर्षीया छात्रा सहभागी

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा–१२)को वार्षिक परीक्षा आइतबार (वैशाख २१)देखि सुरु भएको छ । बिहान ८ देखि ११ बजेसम्म सञ्चालित पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

आउँदो जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा देशभर एक हजार ५९० र जापानमा एक परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जानकारी दिएको छ । सबैभन्दा बढी काठमाडौंमा १६२ र मनाङ/मुस्ताङ जिल्लामा एक/एक केन्द्र निर्धारण गरिएको छ ।

परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी छन् । आंशिकतर्फ एक लाख १५ हजार ६१७ गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीले परीक्षाका निम्ति फाराम भरेका अध्यक्ष शर्माले जानकारी दिए ।

यो वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदै छन् । सबैभन्दा धेरै काठमाडौंबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ ।

७३ वर्षीया परीक्षार्थी
काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा केन्द्रबाट ७३ वर्षीया सूर्यवती खनालले परीक्षा दिएकी छन् । उनी तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी हुन् ।

प्रवेशपत्रमा उनको जन्म वि.सं. २००९ साउन ९ गते उल्लेख छ । उनी चार छोराछोरीका आमा तथा तीन नातिनातिनाका हजुरआमा हुन् ।

खनालले छोराछोरी हुर्किएका र पढ्न रहर भएपछि विद्यालय भर्ना भई नियमित अध्ययन अगाडि बढाएकी थिइन् । उनले एसईई परीक्षा गोंगबुस्थित चेतना महिला माध्यमिक विद्यालयबाट उतीर्ण गरेकी थिइन् । उनका श्रीमान् विद्यालयका शिक्षक हुन् । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro