site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नीति तथा कार्यक्रम अमूर्त र गन्तव्यहीन, स्पष्ट केही आएन : वर्षमान पुन
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकारले ल्याएको नीति तथा कार्यक्रम अमूर्त, गन्तव्यहीन र निराश बनाउने खालको भएको टिप्पणी गरेका छन् । 

शुक्रबार सरकारले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिने क्रममा पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले सरकारको नीति तथा कार्यक्रमबाट आगामी बजेट पनि गन्तव्यहीन आउने आशंका देखिएको बताए ।

उपमहासचिव पुनले गठबन्धन सरकारले संविधान संशोधन गर्ने कुरा गरे पनि हालसम्म त्यो हुन नसकेको बताए । उनले नीति तथा कार्यक्रममा विकास, निर्माण र पूर्वाधारलाई स्पष्ट प्रस्तुत नगरिएको बताउँदै आर्थिक सुधारमा सरकारले गर्न खोजेको के भन्दै प्रश्नसमेत गरे । उनले विगतको सरकारले नयाँ दर्जनौँ कार्यक्रम घोषणा गरेर कार्यान्वयनका लागि संकल्प गरेको स्मरण गर्दै तिनीहरू अहिले रोकिएको बताए ।

"राष्ट्र प्रमुखले गर्ने सम्बोधन प्रधानमन्त्री र सरकारको कार्यक्रम भएको हुनाले त्यसमा साह्रै अमूर्त, गन्तव्यहीन र निराश खालको भयो । यसले आगामी बजेट पनि यस्तै गन्तव्यहीन आउँछ भन्ने आशंका देखाएको छ । खास गरी संविधान संशोधनको कुरा थियो, एक वर्षदेखि केही काम हुन सकेको छैन, गठबन्धनबाट । अरू क्षेत्रमा पनि स्पष्ट केही आएन, के गर्न खोजेको हो आर्थिक सुधारमा ? विकास, निर्माण र पूर्वाधारमा स्पष्ट दिनुपर्नेमा त्यो पनि आएन," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro