site stats
बाह्रखरी :: Baahrakhari
देश
माछापोखरी सडकमा नगर प्रहरी : पाण्डे भन्छन्– स्थानीयले गरेका थिए गुनासो
तस्बिर : राजन कुईकेलको फेसबुकबाट ।
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंको माछापोखरीस्थित सडकमा फुटपाथ व्यापार गर्दै आएका व्यापारीलाई हटाउन काठमाडौं महानगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ । शुक्रबार (वैशाख १९) बिहान १ बजेदेखि नगर प्रहरी परिचालन गरिएको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

“बिचौलियाहरूले सडक अवरुद्ध गरेर व्यापार गरे । होहल्ला गर्ने, फोहोर गर्ने स्थानीयको गुनासोका आधारमा फुटपाथको व्यापार हटाउन लागेका हौँ,” उनले बाह्रखरीसित भने, “वास्तविक किसान पहिचान गरेर त्यहाँ ठाउँ पनि छुट्ट्याएका छौँ ।”

सडकमा तरकारी बेच्ने व्यापारीलाई रोक लगाउन खोज्दा केही बेर सवारी आवतजावत प्रभावित बनेको नगर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्