site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालले रेनेगार्ड्सलाई दियो १४० रनको लक्ष्य

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृंखलाको पाँचौँ खेलमा मेलबर्न रेनेगार्ड्सविरुद्ध नेपालले १४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार पाल्मेस्र्टोनमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धातिर २० ओभरमा नौ विकेट गुमाएर १३९ रनको योगफल खडा गरेको हो ।

नेपालका कुशल मल्लले सर्वाधिक २९ रन बनाए । उनले २२ बलमा एक चौका र एक छक्का प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरीले २७, लोकेश बमले २४, भीम सार्कीले १७ र रुपेश सिंहले अविजित १६ रन जोडे । आसिफ सेखले १२ रन थपे ।

रेनेगार्ड्सका फर्गुस ओनिल, क्यालम स्टोव, लाच्लन बाग्स र माइकल आर्चरले समान दुई विकेट लिए ।

प्रतियोगितामा नेपाल आज दोस्रो जितको खोजीमा छ । नेपालले यसअघिका चारमध्ये तीन खेलमा हार र एक खेलमा जित निकालेको थियो । 

नेपाल पहिलो खेलमा नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले हारेको थियो । तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । चौथो खेलमा भने नेपालले होबर्ट हुरिकेन्सविरुद्ध ६६ रनको जित निकालेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्