site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआरएनए उच्चस्तरीय समितिले राष्ट्रपतिलाई दियो निम्तो  

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिले यही  वैशाख २० देखि २२ गतेसम्म काठमाडौंमा तय भएको एकता महाधिवेशनको उद्घाटनका निम्ति राष्ट्रपति रामचन्द्र पौडेलसँग अनुरोध गरेका छन् । सोमबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर उनीहरूले प्रमुख अतिथिको निम्ता दिएका हुन् । 

उक्त अवसरमा उच्चस्तरीय समितिकी सदस्यसचिव जानकी गुरुङले महाधिवेशनका लागि तयारी अन्तिम चरणमा पुगेको बताइन् । उनले झन्डै तीन हजार २०० एनआरएनहरूले डेलिगेट बन्न निवेदन दिएको जनाइन् । त्यस्तै, समितिकी सदस्यसचिव रबिना थापाले डेलिगेटहरू काठमाडौं आउने क्रम सुरु भइसकेको जानकारी दिइन् ।

उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले सर्वोच्च अदालतको परमादेशबाट गठित एनआरएनए उच्चस्तरीय समितिले कानुनको सर्वोच्चताको सम्मान गर्दै महाधिवेशन आयोजना गर्न लागेको जनाए । उनले महाधिवेशनको बारेमा भ्रम छर्ने काम भइरहेको भन्दै तोकिएको मितिमै महाधिवेशन हुने पनि जनाए ।  

निमन्त्रणापत्र ग्रहणपछि राष्ट्रपति पौडेलले सर्वोच्च अदालतले दिएको परमादेशको मर्म र भावना अनुसार अधिवेशन गर्न सुझाव दिए । उनले सर्वोच्चको परमादेशको जसरी पनि कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै कानुनीराज्यमा कानुन कार्यान्वयन गर्ने सन्दर्भमा सबै एक ठाउँमा आएर एकताको सन्देश दिन जरुरी रहेको पनि बताए ।

वैशाख २० गते होटेल हायातमा हुने अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रपति पौडेलले आफू उपस्थित हुने प्रतिबद्धता जनाएको उच्चस्तरीय समिति सदस्य आचार्यले जानकारी दिएका छन् ।

राष्ट्रपति पौडेलसँगको भेटमा उच्चस्तरीय समितिका  गुरुङ, आचार्य र थापासहित अभियन्ता चिन्तामणि सापकोटा, बुद्धि सुवेदी, कुन्दन कार्की, दीपेश खत्री लगायत सहभागी थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro