site stats
बाह्रखरी :: Baahrakhari
देश
स्रोत नखुलेको ४३ लाख नगदसहित एकजना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले स्रोत नखुलेको झन्डै ४३ लाखसहित एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रौटाको प्रहरी टोलीले आइतबार ४२ लाख ९० हजार ४४४ रुपैयाँसहित शिवा पटवा भन्ने आशिष कुमारलाई पक्राउ गरेको हो । 

शिवराज नगरपालिका–५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्ने कुमारसँग स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँ रहेको गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई पक्रेको हो । 

Argakhachi Cement Island Ad

उनको कोठामा खानतलासी गर्दा ४२ लाख ६३ हजार ९०० नेपाली रुपैयाँ तथा २६ लाख ५४४ भारतीय रुपैयाँ गरी कुल रकम ४२ लाख ९० हजार ४४४ रुपैयाँ फेला पारेको प्रहरीले जनाएको छ । 

प्रहरीले उनको साथबाट एक थान पैसा गन्ने मेसिन पनि बरामद गरेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ०८:११
प्रतिक्रिया दिनुहोस्