विदेश

थाइल्यान्ड । थाइल्यान्डमा सुरक्षा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । फेत्चाबुरी प्रान्तको रिसोर्ट सहर हुआ हिनको किनारमा शुक्रबार प्रहरी विमान दुर्घटना भएको हो ।
थाइल्यान्डको राष्ट्रिय प्रहरीले विमान उडान भरेको केही समयपछि समुद्रमा दुर्घटनाग्रस्त भएको र त्यसमा सवार सबै ६ जनाको मृत्यु भएको बताएको छ ।
प्रहरीले प्यारासुट प्रशिक्षणका लागि परीक्षण उडान गरिरहेका बेला विमान दुर्घटना भएको बताएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२ १२:५४
प्रतिक्रिया दिनुहोस्