राजनीति

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पदभार ग्रहण गर्दै शिक्षक आन्दोलनबारे आफू जानकार रहेको बताएका छन् । उनले बिहीबार पदभार ग्रहण गर्दै शिक्षक आन्दोलनबारे मन्त्रालयले गरेको पहललाई धन्यवाद दिए ।
“भर्खर त पदभार ग्रहण गरेको छु । शिक्षक आन्दोलनबारे जानकार छु । यसअघि मन्त्रालयले गरेको पहललाई धन्यवाद । अझै राम्रोसँग बुझेर बोल्छु,” उनले भने ।
काठमाडौंको माइतीघर बानेश्वरकेन्द्रित भएर २३ दिनदेखि शिक्षक आन्दोलन जारी छ । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आएका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२ १७:३५
प्रतिक्रिया दिनुहोस्