site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपा संसदीय दलको बैठक आज
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज (वैशाख ११) बस्दै छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बैठक बस्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा बैठक बस्नेछ । बैठकमा संसद्को आसन्न अधिवेशनका विषयमा छलफल गरिनेछ ।

हालैको केन्द्रीय समिति बैठकबाट संसदीय दललाई दिइएको निर्देशन र विविध विषयमा समेत छलफल गरिने उनले जानकारी दिए ।

रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका निम्ति थुनामा छन् । उनी सांसद पदबाट निलम्बित छन् । उनको अनुपस्थितिमा श्रेष्ठले दल बैठकको नेतृत्व गर्नेछन् ।

संघीय संसद्को बजेट अधिवेशन वैशाख शुक्रबार (वैशाख १२)देखि सुरु हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ०९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro