site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विदेशमा सिकेको सीपबाट स्वदेशमै अवसर सिर्जना गर्नुपर्छ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा सिकेको सीपलाई स्वदेशमा प्रयोग गरेर देशभित्रै अवसर सिर्जना गर्नुपर्ने बताएका छन् । अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईको गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित नेपाल महोत्सव २०२५ मा उनले यस्तो धारणा राखेका हुन् ।

“योजनाबद्ध दीर्घकालीन सोचबिना विकास सम्भव छैन । विकासका लागि दूरदर्शी र स्थिर नेतृत्व आवश्यक हुन्छ भन्ने कुरा हामीले दुबईबाट सिक्न सक्छौँ,” उनले भने, “तेलमा मात्र निर्भर भएको यूएईले अर्थतन्त्रको विविधीकरण गर्दै पर्यटन, वित्तीय सेवा, निर्माण, स्मार्टसिटी र व्यापारजस्ता क्षेत्रहरूमा ध्यान दिएको छ ।”

नेपालको सन्दर्भमा ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधिजस्ता क्षेत्रमा व्यापक सम्भावना रहेकाले यसतर्फ वैदेशिक लगानी भित्र्याउन सके रोजगारी सिर्जना र आर्थिक विकासमा टेवा पुग्ने उनले बताए ।

देशका अमूल्य निधिका रूपमा रहेका कला, संस्कृति र परम्पराको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन सकिने उनले उल्लेख गरे । विदेशमा आयोजित यस्ता महोत्सवले नेपाललाई विश्वमा चिनाउने र मित्रता तथा सद्भाव बढाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

विदेशमा कार्यरत नेपाली कामदारको योगदानको निजी क्षेत्रले उच्च सम्मान गर्ने उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro