site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुणाकर भट्टविरुद्धको रिट 'हेर्न नभ्याइने'मा

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टसमेतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरिएको रिट 'हेर्न नभ्याइने'मा परेको छ ।

भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएकै आधारमा उनलाई विपक्षी बनाएर पूरक निवेदन दर्ता गरिएको थियो । उक्त रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरेर आइतबार अन्तरिम आदेश प्रयोजनका लागि पेसी तोकेको थियो ।

तर, शुक्रबार गभर्नरमा नियुक्ति हुने चर्चासँगै भट्टको राजीनामा आएपछि उनीविरुद्ध पूरक निवेदन दर्ता भएको थियो । उक्त मुद्दा आइतबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासको ३७औँ नम्बरमा परेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro