
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को नाफा घटेको छ । तर, वितरणयोग्य नाफा बढेको छ । बैंकले आइतबार (वैशाख ७) सार्वजनिक गरेको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणानुसार वितरणयोग्य नाफा ६०.६९ प्रतिशतले बढेको छ ।
२०८१/८२ को चैत मसान्तसम्म वितरणयोग्य मुनाफा ७६ करोड ९५ लाख रुपैयाँ छ । गत वर्षको चैत मसान्तसम्म यस्तो नाफा ४७ करोड ८८ लाख रुपैयाँ थियो ।
यो वर्ष बैंकको खुद ब्याज आम्दानी घटेसँगै नाफामा पनि कमी देखिएको छ । गत वर्षको चैत मसान्तसम्मको तुलनामा यसपालि बैंकको नाफा ८.८४ प्रतिशतले घटेको छ । चैत मसान्तसम्म बैंकले ९० करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
बैंकले ०८०/८१ को चैत मसान्तसम्म ४७ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकले यो चैतसम्म एक अर्ब ४८ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले एक अर्ब ९५ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।