site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरामा रवि लामिछानेको मुद्दाको पेसी स्थगित
फाइल तस्बिर ।

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा उच्च अदालतमा बिहीबार तोकिएको पेसी स्थगित भएको छ ।

गत चैत २२ गते उच्च अदालत दाङ तुलसीपुरको आदेशसँगै रूपन्देहीको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा लामिछाने भैरहवा कारागार चलान भएका छन् । पोखरामा भने लामिछानेविरुद्ध थप एउटा सम्पत्ति शुद्धीकरणको पनि मुद्दा छ ।

लामिछाने गत पुस २५ गते जिल्ला अदालतको आदेशबमोजिम ६५ लाख रुपैयाँ धरौटी बुझाएर ८४ दिनपछि रिहा भएका थिए । त्यसका विरुद्ध सरकारी वकिल र लामिछाने दुवै उच्च अदालत पुगेका थिए । जसको पेसी बिहीबार तोकिएको थियो ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित धरौटीमा रिहा भएका सातजनाविरुद्धको पेसी स्थगित भएको हो । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजालसले गत पुस २५ मा रविसहित छविलाल जोशी, लिला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मीना गुरुङ, आरती गुरुङलाई धरौटीमा छोड्न आदेश दिएको थियो ।

सरकारी वकिलको कार्यालयको निवेदनविरुद्ध सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणका प्रतिवादी खनालले पनि उच्चमा निवेदन दिएका थिए । उनका कानुन व्यवसायीले पेसी स्थगित गरेकै कारण अरुको पनि पेसी स्थगित भएको उच्च अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए ।

यो निवेदनमा उच्च अदालत पोखराले जिल्लाबाट रिहा भएका प्रतिवादीलाई थुनामा पठाउने, रिहा गर्ने जिल्लाकै फैसला सदर गर्ने वा धरौटी नलिई साधारण तारेखमा छोड्नेमध्ये एउटा फैसला गर्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro