site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतका विपक्षी दलका नेता राहुल र सोनिया गान्धीविरुद्ध अभियोगपत्र दायर 
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारतको विपक्षीदल इन्डियन नेसलन कंग्रेसका नेता राहुल गान्धी र सांसद सोनिया गान्धीविरुद्ध सम्पत्ति शुद्धिकरणमा अदालतमा मुद्दामा दायर गरिएको छ ।
  
नेसनल हेराल्ड अखबारसँग जोडिएको विषयमा इन्डियन नेसलन कंग्रेसका शीर्ष दुई नेतासहित सातजनाविरुद्ध अभियोग पत्र दाखिल गरिएको होे । अभियोगपत्रमा कांग्रेस नेता साम पित्रोदा र राजीव गान्धी फाउन्डेसनका ट्रस्टी सुमन दुबेलाई पनि आरोपी बनाइएको छ ।

भारतको विपक्षी दल इन्डियन नेसलन कंग्रेस पार्टीले यो कदमलाई प्रतिशोधात्मक राजनीति गरेको आरोप लगाएको छ ।
 
भारतको सरकारी समाचार संस्था पीटीआईका अनुसार त्यहाँको संस्था इमफोर्समेन्ट डाइरेक्टोरेट (ईडी)ले यो विषयमा गरेको लामो अनुसन्धानपछि यी दुई वरिष्ठ नेताविरुद्ध अभियोगपत्र दायर गरेको द इन्डियन एक्सप्रेसले जनाएको छ ।

उनीहरूविरुद्धको अभियोगपत्र भारतको विशेष पीएमएलए अदालतमा अप्रिल ९ मा दायर गरिएको छ । उक्त अदालतका एक विशेष न्यायाधीश विशाल गोग्नेले उक्त अभियोग पत्रलाई स्वीकार गरी सुनवाइको मिति अप्रिल २५ का लागि तोकेका छन् ।

यो महिनाको सुरुमा ईडीले नेसनल हेराल्ड अखबार प्रकाशन गर्ने एसोसिएटेड जर्नल्स लिमिटेडको नाममा मुम्बई, दिल्ली र लखनउमा रहेको ६६१ करोड रुपैयाँ मूल्यको अचल सम्पत्ति जफत गर्ने प्रक्रिया सुरु गरेको थियो । 

भारतको विपक्षी दल कांग्रेस पार्टीले नेसनल हेराल्ड मुद्दामा सोनिया गान्धी र राहुल गान्धीविरुद्ध ईडीले चालेको कदमको विरोधमा केन्द्र सरकारविरुद्ध देशभर जनप्रदर्शन गर्ने घोषणा गरेको छ ।

यसैबीच, कांग्रेस कार्यकर्ताहरूले नयाँ दिल्लीको २४ अकबर रोडस्थित पार्टी कार्यालयमा केन्द्र सरकारविरुद्ध विरोध प्रदर्शन गरका छन् । पार्टीले अहिले देशभरका ईडी कार्यालयअगाडि प्रदर्शन गरिरहेको छ ।

कांग्रेस  पार्टीका एक नेता उदित राजले उनको पार्टीले कार्यकर्ता र जनतालाई कसरी सोनिया र राहुलविरुद्ध झुटा आरोप लगाएको बारेमा जनतालाई बुझाउन आन्दोलनको घोषणा गरेको बताए । इन्डियन एक्सप्रेस
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro