अर्थ व्यवसाय

काठमाडौं । गएको आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य मंगलबार (वैशाख २) केही ओरालो लागेको छ । सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ३०० रुपैयाँ कायम छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ८६ हजारमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा खरिद–बिक्री हुने महासंघले जनाएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२ ११:५१
प्रतिक्रिया दिनुहोस्