देश

भक्तपुर । मध्यपुर थिमिको नगदेशमा सिद्धि गणेशको भव्य खटजात्रा गरिएको छ । मंगलबार (वैशाख २) सिद्धि गणेशलाई खटमा विराजमान गराई बाजागाजासहित नगदेशको भित्री र बाहिरी क्षेत्रमा खटजात्रा गरिएको हो ।
हरेक वर्ष चैत मसान्तदेखि वैशाख २ गतेसम्म नगदेशका इष्टदेवता सिद्धि गणेशको खटजात्रा गरी बिस्काः जात्रा मनाउने परम्परा छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२ ११:३६
प्रतिक्रिया दिनुहोस्