site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सेमिकन्डकटरमा कर लगाउँदै ट्रम्प
तस्बिर : एपी ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विद्युतीय सामानको पारस्पारिक आयात कर हटाएका छन् । तर, अब सेमिकन्डकटर (चिप) सामग्रीमा आयात कर लगाउने विचार गरिरहेको नेसनल पब्लिक रेडियोले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका छन्, “सेमिकन्डक्टर र सम्पूर्ण इलेक्ट्रोनिक्स आपूर्ति शृंखलालाई आउँदो राष्ट्रिय सुरक्षा करअन्तर्गतको अनुसन्धानमा विचार गर्र्नेछौँ ।”

Argakhachi Cement Island Ad

ट्रम्पका राष्ट्रिय आर्थिक परिषद्का प्रमुख केभिन ह्यासेटले पनि प्रशासनले सन् १९६२ को व्यापार विस्तार ऐनको धारा २३२ अन्तर्गत सेमिकन्डकटरको अनुसन्धान सुरु गरेको सीएनएनलाई बताए । उक्त धाराले राष्ट्रपतिलाई अमेरिकी राष्ट्रिय सुरक्षाका निम्ति महत्त्वपूर्ण मानिने उत्पादनमाथि आयात प्रतिबन्ध लगाउन अनुमति दिन्छ ।

ह्यासेटले भने, “सेमिकन्डकटर रक्षा उपकरणको एक मुख्य अंश हो । यसको अध्ययन गरेर अमेरिकामा केके उत्पादन गर्न आवश्यक छ त्यो निर्धारण गरिनेछ ।”

उनले यसलाई इस्पात र एल्मुनियममा लाग्ने २५ प्रतिशत करसँग तुलना गरे । ट्रम्पले त्यो कर धारा २३२ अन्तर्गत लगाएका थिए ।

ह्यासेटको भनाइमा, अमेरिकामा सेमिकन्डकटर उत्पादन नहुनु राष्ट्रिय सुरक्षाकै एक समस्या हो । अमेरिकी हतियार प्रणालीमा चिनियाँ सेमिकन्डकटरको प्रयोगले असहज बनाएको सीएनएनसँगको कुराकानीमा उनले स्वीकार गरे ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १०:३९
प्रतिक्रिया दिनुहोस्