site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुम्बई हमलाका आरोपित राणालाई अमेरिकाबाट भारत ल्याइँदै, तिहाड जेलमा राखिने

काठमाडौं । भारतको मुम्बईमा भएको आतंककारी आक्रमणमा संलग्न रहेको आरोप लागेका ताहाव्वुर हुसेन राणालाई अमेरिकाबाट भारत सुपुर्दगी गर्न लागिएको छ । राणालाई अमेरिकाबाट भारत ल्याउन लागिएको भारतको समाचार संस्था पीटीआईले जनाएको छ ।

भारत ल्याएपछि राणालाई दिल्लीको तिहाड जेलको एक उच्च सुरक्षा वार्डमा राखिने सम्भावना रहेको समाचारमा उल्लेख छ । यसका लागि जेलमा सबै आवश्यक तयारी पूरा गरिसकिएको जेल अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानमा जन्मिएका ६४ वर्षीय राणा क्यानाडाका नागरिक भएको बताइएको छ । सन् २००८ को मुम्बईमा भएको आतंककारी हमलाका उनी मुख्य योजनाकार डेभिड कोलम्यान हेड्ली उर्फ दाउद गिलानीको नजिकको सहयोगी भएको बताइएको छ । उनको भारतमा सुपुर्दगी रोक्न गरिएको अन्तिम उजुरी अमेरिकी सर्वोच्च अदालतले खारेज गरेपछि उनलाई भारत ल्याउन ल्याउन लागिएको हो ।

भारतीय अधिकारीहरूका अनुसार, उनलाई भारत ल्याउन एक उच्चस्तरीय टोली अमेरिका गएको छ ।

सन् २००८ नोभेम्बर २६ मा १० जना पाकिस्तानी आतंकवादीले अरब सागरको समुद्री मार्ग हुँदै भारतको आर्थिक राजधानी मुम्बई प्रवेश गरी रेलवे स्टेसन, दुई सात तारे होटल र एक यहुदी केन्द्रमा आक्रमण गरेका थिए । करिब ६० घण्टा लामो आक्रमणमा परी १६६ जना मारिएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro