site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घट्यो देशभरको वायु प्रदूषण, पोखरा अझै अस्वस्थकर
फाइल तस्बिर ।

काठमाडौं । झन्डै तीन सातायता उच्च रहेको काठमाडौं उपत्यकाको वायु प्रदूषण बिहीबार केही कम भएको छ । काठमाडौंको उपत्यकासहित देशका विभिन्न ठाउँमा भएको वर्षाका कारण वायु प्रदूषण घटेको हो ।

बिहीबार बिहान ११ः३० बजे उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १४० भन्दा कम छ ।

बुधबार दिउँसोसम्म उपत्यकाका विभिन्न स्थानको एक्यूआई अधिकतम १५० देखि १८० सम्म थियो ।

आज उपत्यकाका शंखपार्क, रत्नपार्कको एक्यूआई क्रमश: १३६ र १२७ मा झरेको छ । यस्तै, ललितपुरका खुमलटार, भैँसेपाटीको एक्यूआई पनि घटेर क्रमश: ८५ र ९० मा झरेको छ । भक्तपुरको एक्यूआई पनि घटेर ९० मा झरेको छ ।

बुधबार अस्वस्थकर बनेका उपत्यकाबाहिरका इलाम, चिनवनको भरतपुर, दाङको देउखुरी र कैलालीको धनगढीमा पनि एक्यूआई घटेर १०० भन्दा कम मापन भएको छ ।

बिहीबार पोखरा सबैभन्दा प्रदूषित छ । सोही समयमा पोखराको एक्यूआई १५६ मापन भएको विभागको तथ्यांक छ ।

यीबाहेक अन्य स्थानको एक्यूआई ५० भन्दा कम छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro