site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘वसन्त’को गीत ‘मोटर’ सार्वजनिक

काठमाडौं । प्रकाश सपूत निर्देशित चलचित्र ‘वसन्त’को गीत सार्वजनिक भएको छ । ‘मोटर’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतलाई चलचित्रमा कथा वाचनको रूपमा प्रस्तुत गरिएको छ ।

सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार प्रकाश सपूत र खड्कबहादुर पुन (खबपु) फिचर्ड छन् । यो गीतमा प्रकाशको स्वर, शब्द तथा संगीत रहेको छ ।

प्रकाशले चलचित्रको भावअनुसार नै गीत तयार गरेका बताएका छन् ।

चैत २२ गते शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रमा प्रकाशसँगै स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्कबहादुर पुन, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतको अभिनय रहेको छ ।

चलचित्रमा कथा, पटकथा र संगीत पनि निर्देशक स्वयंको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  २०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro