देश

काठमाडौं । नेपाल बार एसोसिएसनको मत गणना जारी छ । पछिल्लो मत परिणामअनुसार अध्यक्षमा प्रा.डा. विजकुमार मिश्र दुई हजार चार सयभन्दा बढी मतान्तरसहित अग्रता लिएका छन् ।
मिश्रले अहिलेसम्म चार हजार २७२ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले एकहजार ८४३ मतसहित पछ्याउँदै छन् ।
महासचिवमा मिश्रकै प्यानलका केदार कोइराला अगाडि छन् । उनको चार हजार ६० मत हुँदा प्रतिस्पर्धी यज्ञमणि न्यौपाने एकहजार ७०५ मतसहित पछ्याउँदै छन् ।
सबै प्रदेशका उपाध्यक्षसहित सदस्यहरूमा मिश्र प्यालनलकै अग्रता छ ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१ १७:५७
प्रतिक्रिया दिनुहोस्