site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सुत्नुअघि सामाजिक सञ्जालमा लामाे समय बिताउँदा कस्तो असर पर्छ ?

काठमाडौं । विश्वव्यापीरूपमा प्रविधि र इन्टरनेटको पहुँच बढेसँगै समाजिक सञ्जालमा मानिसहरूको समय बिताउने प्रवृत्ति पनि बढ्दो छ । आजभोलि युवा र वयस्कले अत्यधिक सामाजिक सञ्जाल प्रयोग गर्नु एक आमविशेषता बनिसकेको छ ।

एक अध्ययनका अनुसार, करिब ८४ प्रतिशत व्यक्तिले दिनमा कम्तीमा एउटा सामाजिक सञ्जाल चलाउँछन् । सामान्यतया मानिसलाई आठदेखि १० घण्टाको राम्रो निद्रा चाहिन्छ । तर, आजकाल अधिकांश युवा र किशोर यो अवधि सुत्दैनन् वा निदाउँदैनन् । सामाजिक सञ्जालका कारण यस उमेर समूहका व्यक्तिले आफ्नो अत्यधिक समय स्क्रिन हेरेर बिताउने भएकाले निद्रा नलाग्ने वा नपुग्ने समस्याबाट समेत प्रभावित भइरहेका छन् ।

वर्तमान समयमा खास गरी युवा, वयस्क र किशोरमा आवश्यक मात्राको निद्रामा कमी एउटा ठूलो र कम विचार गरिएको स्वास्थ्य समस्यामध्ये एक मानिएको छ । थोरै निद्राले मानिसमा थकाइ महसुस गराउनेमात्र नभएर विस्तारै मानसिक स्वास्थ्यमा पनि असर गर्छ । कम निद्राले मानिसको स्मरणशक्ति कमजोर बनाउने, शैक्षिक क्षमता घटाउने र दीर्घकालीन रोग र अकाल मृत्युको जोखिम बढाउने समेतका परिणाम निम्त्याउन सक्ने बताइन्छ ।

समाजमा मिठो निद्राका लागि सुत्नुभन्दा ठिकअघि मोबाइल र ल्यापटपजस्ता स्क्रिनबाट टाढा रहनुपर्छ भनेर सल्लाह दिने गरिन्छ ।  तर, विभिन्न अध्ययनले वास्तविक निद्रा नलाग्ने समस्याको कारण अत्यधिक स्क्रिन हेर्नुमात्र नभएर सुत्नुअघि कसरी सामाजिक सञ्जाल प्रयोग गर्ने भन्ने तरिका नजानेका कारण पनि रहेको चीनको ट्रिनिटी कलेज लन्डनका सामाजिक मनोविज्ञ र निद्रा शोधकर्ता ब्रायन एन. चिनले बताउँछन् ।

उनका अनुसार, मानिसहरूले लामो समयदेखि कम निद्राका लागि अत्यधिक मोबाइल र समाजिक सञ्जालको प्रयोगलाई दोष दिने गरे पनि निद्रालाई असर गर्ने मुख्य विषय धेरैपटक सामाजिक सञ्जाल हेर्नु र मानिसहरूको सामाजिक सञ्जालसँगको भावनात्मक संलग्नता प्रमुख पक्ष हुन् ।

सामाजिक सञ्जालमा भावनात्मक लगाव
सामाजिक मनोविज्ञ र निद्रा शोधकर्ता ब्रायन एन. चिनले सन् २०२४ मा ८३० जना वयस्क युवामा कुनकुन तरिकाबाट सामाजिक सञ्जाल प्रयोग गर्दा निद्रासँगको समस्यालाई कसरी हेर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेका थिए । जसमा लामो समयसम्म सामाजिक सञ्जाल हेर्नुभन्दा पनि सञ्जाल बारम्बार हेर्ने बानी र यसप्रतिको भावनात्मक लगावले निद्रालाई बढी असर गर्ने निष्कर्ष आएको थियो ।

साथै, निद्रा अगाडिको सामाजिक सञ्लमा गरिने सक्रिय हुने बानी र सामाजिक तुलनाले सामाजिक सञ्जालसँगको लगाव र निद्राको समस्या पैदा गर्न मुख्य भूमिका खेल्छ । त्यसैले निद्राको समस्याका लागि असर स्क्रिन एक्सपोजरले भन्दा बढी अन्य कुराको भूमिका ठूलो पाइएको छ ।

यस अध्ययनको निष्कर्षले निद्राको समस्या समाधानका लागि स्क्रिन समय घटाउनुमात्र पर्याप्त उपाय हुन सक्दैन । यसका लागि कति छिटो सामाजिक सञ्जाल हेरिन्छ र सञ्जालप्रतिको भावनात्मक लगाव घटाउनु नै स्वस्थ निद्राका लागि बढी प्रभावकारी उपाय हुन सक्छ ।

सामाजिक सञ्जालले निद्रालाई कसरी बिगार्छ ?
यदि कसैलाई मोबाइल वा सामाजिक सञ्जाल स्क्रोल गरेपछि निद्रा नलाग्ने अनुभव हुन्छ भने यसको मूल कारण स्क्रिनमात्र होइन । मोबाइलबाट आएको निलो प्रकाशले मेलाटोनिन हार्मोनको उत्पादन गर्नलाई ढिला पार्ने भए पनि विभिन्न शोधहरूले सामाजिक सञ्जालसँगको अन्तरक्रियाले निद्रामा ठूलो भूमिका खेल्न सक्ने देखाएको छ ।

निद्राअघिको सक्रिय गविधि : सामाजिक सञ्जालमा नकारात्मक समाचार पढ्दै जाने वा भावनात्मक सामग्रीले मानिसको दिमागलाई सक्रिय अवस्थामा राख्छ । जसले मानिसलाई शान्त रहन र निदाउन गाह्रो बनाउँछ । राजनीतिक विषय, दु:खद समाचार वा सूचना, भावनात्मक सूचना वा उत्साहजनक व्यक्तिगत जानकारीजस्ता सामग्रीले मानसिक तर भावनात्मक उत्तेजना बढाएर मानिसलाई निद्रा लाग्न दिँदैन ।

अरूसँगको तुलना : राति सुत्नुअघि सामाजिक सञ्जालका पोस्ट हेर्नाले मानिसलाई अरूको जीवनसँग तुलना गर्ने प्रवृत्ति बढाउँछ । यसले तनाव बढाएर निद्रामा बाधा पुर्‍याउँछ । भ्रमण, फिटनेस प्रगति वा व्यावसयिक जीवनका उपलब्धिजस्ता विषयको तुलनाले असन्तुष्टिको भावना जगाउँछ ।

बत्ती बन्द गरेपछि मोबाइल हेर्ने बानी : बत्ती बन्द गरेपछि पनि सामाजिक सञ्जाल प्रयोग गर्नु निद्राको गुणस्तर घटाउने प्रमुख कारण हो । राति सामाजिक प्रयोगले निद्राको समयावधि घटाउने, सुत्ने समय ढिला गराउने र निद्रा बिगार्ने अध्ययनहरूले देखाएका छन् । 

अपडेट छुट्ने डर : नयाँ अपडेट, पोस्ट वा सन्देशको आशामा मानिसहरू आवश्यकभन्दा बढी सामाजिक सञ्जाल स्क्रोल गर्ने बानीले निद्रालाई गौण बनाउँछ । खासगरी रातिको समयमा सामाजिक सञ्जाल प्रयोग निद्राको समस्यासँग जोडिएको छ ।

निद्रामा असर नपारी सामाजिक सञ्जाल प्रयोग गर्ने तरिका
गुणस्तर निद्रा प्राप्त गर्न सामाजिक सञ्जाल छोड्नैपर्छ भन्ने छैन । तर, रातिको समयमा यसलाई प्रयोग गर्ने तरिका परिवर्तन गरेमा यो समस्यालाई समाधान गर्न सकिन्छ । यसका केही प्रभावकारी उपायहरू निम्न प्रकारका छन् ।

– दिमागलाई शान्त हुन समय दिनुहोस् । सुत्नुभन्दा ३०–६० मिनेट अघि भावनात्मक संवेग बढाउने सामग्रीबाट टाढा रहनुहोस् ।

– सामाजिक सञ्जाल र निद्राबीच दुरी बनाउनुहोस् । मोबाइल फोनलाई 'डन्ट डिस्टर्ब मोड'मा राख्नुहोस् वा सुत्ने कोठाभन्दा बाहिर राख्नुहोस् ।

– अनावश्यक स्क्रोलिङ घटाउनुहोस् । यदि अन्धाधुन्ध स्क्रोल गर्दै हुनुहुन्छ भने  आफ्नो बानीको बारेमा सोध्नुहोस्– के म वास्तवमा यो प्रयोग गर्न चाहन्छु ?

याहु न्युजबाट ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  ०६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro