site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य घट्यो, ब्यारेलको ५६ डलरनजिक 

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ५६.९६ डलरमा सीमित भएको छ ।

दुई दिनअघि ब्यारेलको ६० डलर आसपासमा रहेको कच्चा तेलको मूल्य बुधबार घटेर ५६ डलरनजिक पुगेको हो । डब्ल्यूटीआई क्रुडमा कच्चा तेलको भाउ घटेर ब्यारेलको ५६.९६ डलर कायम भएको छ ।

यस्तै, ब्रेन्ट क्रुडमा ब्यारेलको ६०.२९ र मुरवान क्रुडमा प्रतिब्यारेल ६१.५६ डलरमा कच्चा तेलको कारोबार भएको आयलप्राइसडटकमले जनाएको छ ।

गएको शनिबारदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क लगाएपछि यसको असर कच्चा तेलको मूल्यमा परेको हो । राष्ट्रपति ट्रम्पको नयाँ भन्सार दरले विश्वभर ठूलो व्यापार युद्ध आउने भएपछि यसको असर कच्चा तेलको मागमा परेको बताइएको छ ।

ट्रम्पको नयाँ भन्सार दरको असर : कच्चा तेलको भाउ घट्यो, सस्तो हुँदै नेपालमा

भण्डारण गर्दै र आफ्नो स्रोत जोगाउँदै आएको अमेरिका आफैँले अब विश्वबजारमा तेल बेच्ने तयारी गरेको छ ।

अमेरिकाले तेल बेच्न थालेपछि विश्वबजारमा पेट्रोलियम पदार्थको भाउ अझ घट्ने देखिएको छ । यसको असर तेल उत्पादक तथा निर्यात गर्ने मुलुकको संगठन (ओपेक)लाई पर्ने देखिएको छ । 

रुस–युक्रेन युद्ध सुरु भएपछि विश्वबजारमा कच्चा तेलको भाउ अकासिएर ब्यारेलको १४० डलरसम्म पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि यसको सकरात्मक असर नेपाली बजारमा पर्ने भएको छ ।

नेपालमा पनि अब पेट्रोलियम पदार्थ अझै सस्तो हुने देखिएको छ । 

12-1744175495.png
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro