site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सबैभन्दा छिटो रेलिगेसनमा पर्ने टिम बन्यो साउथह्याम्पटन 

काठमाडौं । टोटनहमसँग ३–१ ले पराजित भएपछि साउथह्याम्पटन इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ ।

आइतबार घरेलु मैदानमा टोटनहमलाई जित दिलाउन ब्रेनान जोन्सनले दुई र माथियस टेलले एक गोल गरे । साउथह्याम्पटनका माटेयस फर्नान्डेसले गोल गरे पनि हार टार्न सकेनन् । पहिलो हाफमा २–० को अग्रता बनाएको टोटनहमले खेलको इन्ज्युरी समयमा एक गोल थपेको हो । 

१३औँ मिनेटमा जोन्सनको गोलमा टोटनहमले अग्रता बनाएको थियो । ४२औँ मिनेटमा जोन्सनले नै घरेलु टिमको अग्रता दोब्बर बनाए । ९०औँ मिनेटमा फर्नान्डेसले गोल गर्दै खेलमा फर्कने साउथह्याम्पटनको आशा कायम राखेका थिए । तर, इन्ज्युरी समयमा टेलले गोल गरेपछि टोटनहमले तीन अंक पक्का गर्‍यो ।

योसँगै प्रिमियर लिगको इतिहासमा साउथह्याम्पटन सबैभन्दा छिटो रेलिगेसनमा पर्ने टिम बन्यो । तालिकाको पुछारमा संघर्षरत साउथह्याम्पटनको ३१ खेलबाट १० अंक मात्र छ । समान खेलबाट ३७ अंकको टोटनहम १४औँ स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro