site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सजिलो परिस्थिति देखिँदैन, सरकार गम्भीर होस् : प्रसाईं

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले जनता र लोकतन्त्रलाई सुरक्षित राख्न सरकार चनाखो हुनुपर्ने बताएकी छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तीनकुने घटनातर्फ संकेत गर्दै उनले अहिले सजिलो परिस्थिति नदेखिएको बताइन् ।

“सरकार गम्भीर होस्, सजिलो परिस्थिति देखिँदैन । जनता र लोकतन्त्रलाई सुरक्षित राख्न सरकार चनाखो हुनुपर्छ,” सांसद प्रसाईंले भनिन् ।

शुक्रबार समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजावादीले तीनकुनेमा गरेको प्रदर्शनबारे जानकारी दिएका छन् । मन्त्री लेखकले घटनाबारे जानकारी गराएपछि सांसदहरूले प्रश्न गरेका थिए ।

“एकैदिन दुइटा आन्दोलन गर्न दिने हो कि होइन ? जो व्यक्तिलाई आन्दोलनको कमान्डर बनाइएको थियो ध्यान दिनुपर्छ कि पर्दैन ?,” सांसद प्रसाईंले प्रश्न गरिन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro