site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद शुक्लको प्रश्न– राजावादीलाई विमानस्थलनजिक किन ठाउँ दिइयो ?

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लले राजावादीलाई विमानस्थलनजिक प्रदर्शन गर्न दिइएकामा असन्तुष्टि जनाएका छन् । शुक्रबार (चैत २२) प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीलाई प्रदर्शन गर्न दिइएकामा असन्तुष्टि जनाएका हुन् ।

“विमानस्थलनेर तीनकुनेमा किन ठाउँ दिइयो ? त्यस्तो संवेदनशील ठाउँभन्दा धेरै टाढा दिनुपर्ने,” सांसद शुक्लले भने ।

त्यस दिन राजावादीको प्रदर्शन हिंसामा परिणत भएको थियो । प्रदर्शनक्रममा दुईजनाको मृत्यु भयो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिएर राजावादीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक तीनकुनेमा प्रदर्शन गरेका थिए । “काउन्टर दिने हिसाबले प्रस्तुत हुनुपर्थ्यो । जनता त्रस्त छन् । जनतालाई आवश्स्त पार्ने के छ ?,” उनले गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरे । 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro