site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गुजरातको पटका गोदाममा भएको विस्फोटबाट १८ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातस्थित बनासकाण्ठाको दीसा सहरमा एक पटका गोदाममा विस्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरै भारतको मध्य प्रदेशका बासिन्दा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विस्फोटपछि गोदामको छाना र पर्खाल ढलेर दबिएपछि उनीहरूको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् ।

Argakhachi Cement Island Ad

सबै शव घटनास्थलबाट निकालिएको दीसा सहरका प्रहरी उपरीक्षक सीएल सोलंकीले बताए । उनका अनुसार, गोदाममा आगोबाट बच्न सुरक्षा उपकरण नभएको बताइएको छ ।

टाइम्स अफ इन्डियाबाट ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्