site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकनाले भरुवा बन्दुकसहित दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । एकनाले भरुवा बन्दुक एकथानसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–८, सिन्कुलाबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका ३२ वर्षीय तेजकुमार विक र ३८ वर्षका मानभा राई छन् । सोमबार (चैत १८) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनकुटाकै ढुंग्रेबाट सिन्कुलातर्फ आउँदै गरेको प्र.१–०२–०४७ प १८८० नम्बरको मोटरसाइकलमा उनीहरू सवार थिए । सोहीक्रममा उक्त बन्दुकसहित फेला पारी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro