site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हाल्यान्डको देब्रे खुट्टामा चोट

काठमाडौं । म्यानचेस्टर सिटीले फरवार्ड एर्लिङ हाल्यान्डको खुट्टामा चोट लागेको पुष्टि गरेको छ । हाल्यान्ड एफए कप क्वार्टरफाइनलमा बर्नमाउथविरुद्धको खेलमा घाइते भएका हुन् ।

क्लबले हाल्यान्डको देब्रे खुट्टामा लागेको चोटको पुष्टि गरे पनि बाँकी जानकारी थप परीक्षणपछि सार्वजनिक गरिने जनाएको छ ।

उक्त खेलमा हाल्यान्ड ६१औँ मिनेटमा मैदान छोडेका थिए । चोट व्यहोरेसँगै हाल्यान्डले सेमिफाइनल गुमाउन सक्ने सम्भावना उच्च रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

जारी सिजन हाल्यान्डले प्रिमियर लिगमा २८ खेल खेल्दा २१ गोल गरेका छन् । पछिल्लो चार सिजनको विजेता सिटी यसपटक प्रिमियर लिगमा संघर्षरत छ । सिटीले बुधबार घरेलु मैदानमा लेस्टर सिटीलाई आतिथ्यता प्रदान गर्ने तालिका छ ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro