
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा संवैधानिक राजतन्त्र राख्ने प्रयासमा कांग्रेस असफल भएको बताएका छन् । तर, अब राजतन्त्र देशमा नफर्कने उनको भनाइ छ ।
सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा शर्माले राजतन्त्र सक्रिय बनाएर लाभ लिएका पञ्चहरूले अहिले संवैधानिक राजतन्त्र भनिरहेको बताए । उनले विगतमा कांग्रेसले विधानमै 'संवैधानिक राजतन्त्र' राख्दा गोली ठोक्ने र जेल हाल्ने काम भएको बताए ।
“पूर्वपञ्चहरू, आज तपाईंहरूलाई संवैधानिक राजतन्त्र चाहियो ? हिजो कांग्रेसले संवैधानिक राजतन्त्रलाई आदर्श बनाएर त्यसका लागि लड्दै गर्दा कांग्रेसलाई गोली ठोकिएको होइन ?,” शर्माले प्रश्न गरे, “राजद्रोहको मुद्दा लगाएर जेल हालेको होइन ? सर्वस्व हरण गरिएको होइन ? तपाईंले ल्याउन चाहेको राजाले दलीय व्यवस्था निलम्बन गर्दा पनि गिरिजाबाबुले सबैलाई स्थान दिने भनेर ढुंगा खान तयार भएको होइन ?”