site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुख रामचन्द्र भुसालसहित दुईजनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ । उनीहरूले पशुपक्षी खोप तथा औषधि वितरण कार्यक्रममा चार लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार (चैत १७) विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले बुद्ध भेट सेन्टर र त्यसका प्रोपाइटर लक्ष्मी बस्याललाई पनि अभियुक्त बनाएको छ । आर्थिक वर्ष २०७९/८० मा पशुपक्षीलाई खोप तथा औषधि वितरणनिम्ति गाउँपालिकाबाट रकम विनियोजन गरिएकामा पशु शाखामा कार्यरत कर्मचारीले कार्यक्रम सञ्चालनका बखत घुस लिएको भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

उनीहरूले चार लाख रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । दायर मुद्दामा दुवैसँग चार/चार लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro