site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो ? 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भूभागको मौसम सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोसी र गण्डकीकै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

आज राति भने कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा आगामी २४ घण्टामा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

यी दुई प्रदेशसँगै कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भन्दै सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ०७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro