site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं ‘डर्बी’ बराबरीमा टुंगियो 

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको उद्घाटन खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार (चैत १६) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुर र काठमाडौं रेजर्सले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । 

खेलको पहिलो हाफमा ललितपुरले दुई गोलको अग्रता लिएको थियो । काठमाडौंले दुई गोलले पछि परेको अवस्थालाई दोस्रो हाफमा उल्ट्याउँदै बराबरी गरेको हो । 

छैटौँ मिनेटमा रेजर्सका कमल श्रेष्ठको आत्मघाती गोलबाट ललितपुर सिटी अघि लाग्यो । १५औं मिनेटमा आदित्य शाक्यले टिमको अग्रतालाई दोब्बर बनाए ।

७६औँ मिनेटमा काठमाडौंका आमडोयु धुपले एक गोल फर्काए । इन्ज्युरी समयमा प्राप्त पेनाल्टी अवसरलाई काठमाडौंका भिन्सेन्ट कोजोओलुले गोलमा परिणत गरेसँगै खेल बराबरी भयो । बराबरीसँगै दुवै टिमले समान एक अंक प्राप्त गरे ।

एनएसएलको तेस्रो संस्करण आउँदो वैशाख १३ गतेसम्म सञ्चालन हुनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  २२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro