site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुर्गा प्रसाईं ललितपुरमा लुकेको आशंका, मानवहत्यामा मुद्दा चलाउने तयारी
फाइल तस्बिर ।

काठमाडौं । प्रहरीले राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंको खोजी तीव्र पारेको छ । 

प्रहरीको विशेष व्युरो पनि उनको खोजीमा खटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली उनलाई पक्राउ गर्न परिचालन भएकोमा सरकारले प्रहरीको विशेष व्युरो पनि खटाएको हो । 

प्रहरी उच्च स्रोतका अनुसार प्रसाईं ललितपुरको कुनै ठाउँमा लुकेर बसेको आशंका छ । उनीसँगै हिँड्ने युट्युबरलाई पनि प्रहरीले निगरानीमा राखेको छ । 

प्रसाईंलाई मानव हत्यामा मुद्दा चलाउने तयारी गरिएको स्रोतले बताएको छ । 

सामाजिक सञ्जाल फेसबुकमा प्रहरीले बोलाउँछ त्यहीँ आउँछु भनेका प्रसाईं मोबाइल स्वीचअफ गरेर फरार छन् । 

राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर जबरा तथा स्वागत नेपाल भने पक्राउ परेका छन् । शुक्रबार काठमाडौंको तीनकुनेमा उपस्थित भएर हिंसात्मक आन्दोलन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । 

राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  ०९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro