site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भूकम्पका कारण म्यान्मा र थाइल्यान्डमा मृत्यु हुनेको संख्या १५० पुग्यो

म्यानमा । म्यान्मा र थाइल्यान्डमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी लगभग १५० जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । दर्जनौँ मानिस भत्किएका भवनहरूमा फसेका छन् । मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ ।

शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पले म्यान्माका ठूला भागहरूमा भवन ध्वस्त बनाएको छ भने पुलहरू भत्किएका छन् । सडकहरू भत्किनुका साथै सयौँ किलोमिटर टाढा बैंककमा सोत निर्माणाधीन ३० तले गगनचुम्बी भवन पनि भत्किएको छ । 

यद्यपि प्रकोपको पूर्ण क्षतिबारे अझै खुल्न सकेको छैन । गृहयुद्धबाट प्रभावित म्यान्माका नेताले अन्तर्राष्ट्रिय सहायताको लागि अपिल गरेका छन् । 

जन्टाका प्रमुख मिन आङ ह्लिङले १४४ जनाको ज्यान गएको र ७३२ जना घाइते भएको बताए । साथै, उनले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताए । थाइल्यान्डमा अहिलेसम्म तीनजनाको मृत्यु भएको पुष्टि भएको छ ।

“केही ठाउँमा, केही भवनहरू भत्किए,” राजधानी नेपिडावको एक अस्पतालको भ्रमणपछि टेलिभिजनमा सम्बोधन गर्दै उनले भने ।

“म कुनै पनि देश, कुनै पनि संस्था वा म्यान्माका जो कोहीलाई पनि सहयोग गर्न आउन आमन्त्रित गर्न चाहन्छु । धन्यवाद ।”

उनले विपत्तिपछि व्यापक राहत प्रयास गर्न आग्रह गरेका छन् । विदेशी सहायताका लागि सबै बाटो खोलिएको उनले बताए । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  ००:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro