site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहज जितपछि बार्सिलोनाका प्रशिक्षकको सन्तुष्टि

काठमाडौं । ओसासुनाविरुद्ध सहज जित निकालेपछि बार्सिलोनाका मुख्य प्रशिक्षक हेन्सी फ्लिकले आफ्नो टोली चाहनाअनुसार नतिजा निकाल्नमा केन्द्रित रहेको भन्दै सन्तुष्टि व्यक्त गरेका छन् ।

यसअघि बार्सिलोना र ओसासुनाबीचको खेल मार्च ८ मा हुने तालिका थियो । तर, बार्सिलोनाका चिकित्सक कार्ल्स मिनारो गार्सियाको मृत्यु हुँदा यो खेल मार्च २७ लाई सारिएको हो । 

हालै सम्पन्न अन्तर्राष्ट्रिय फिफा विन्डोमा राष्ट्रबाट खेल्दा बार्सिलोनाका केही खेलाडी ओसासुनाविरुद्ध अनुपस्थित थिए । तर, पनि टिम जितमा केन्द्रित रहेको भन्दै फ्लिकले खेलाडीको प्रशंसा गरे । 

“हामीले अहिले उत्कृष्ट क्षणहरू आत्मसात गरिरहेका छौँ । जुन अठोटसाथ टोली अघि बढिरहेको छ, त्यसबाट गौरवान्वित छु”, फ्लिकले सञ्चारकर्मीहरुसँगको कुराकानीमा भने, “अब हामीले १० खेल खेल्न बाँकी छ । हामी तीन अंकको अग्रतासहित शीर्ष स्थामा छौँ । यो राम्रो हो र हामी यही अठोटकासाथ अघि बढ्नुपर्छ ।”

ओसासुनाविरुद्ध बार्सिलोनाले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । बार्सिलोनालाई जित दिलाउन फेरान टोरेस, ड्यानी ओल्मोले रोबर्ट लेवान्डोवस्की गोल गरेका थिए ।

गत डिसेम्बरदेखि अपराजित बार्सिलोनाले बिहीबार पनि यो लयलाई कायम राख्दै अपराजित यात्रालाई १९औँ खेलसम्म लम्ब्याएको छ ।  

बार्सिलोना सन् २०२५ मा युरोपको शीर्ष पाँच लिगमा अपराजित एकमात्र टोली हो । बार्सिलोनाले २८ खेलबाट ६३ अंक बनाएको छ । 

अंक तालिकामा बार्सिलोनालाई पछ्याइरहेको रियाल मड्रिड ६० अंकसहित दोस्रो स्थानमा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro