site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुलमानको रिटमा सुनुवाइ सुरु, हितेन्द्रको पालो आउने/नआउने अनिश्चित 

काठमाडौं । एकार्कालाई समेत विपक्षी बनाएका कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिट आज (चैत १५) सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेका छन् ।

दोस्रो नम्बरमा रहेको कुलमाको रिटमा सुनुवाइ सुरु भइसकेको छ । पाँचौँ नम्बरमा परेको हितेन्द्रदेवको रिटको भने पालो आउने/नआउने निश्चित भइसकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट पाँच महिना अवधि बाँकी रहँदै बर्खास्त गरिएका कुलमानले उक्त निर्णयसहित अवकाशको पत्र र हितेन्द्रको नियुक्ति बदर गर्दै आफूले यथावत् रूपमा काम गर्ने अन्तरिम आदेश मागेका छन् ।

हितेन्द्रले भने विगतमा आफूलाई हटाएर कुलमानको नियुक्ति गैरकानुनी र त्यसविरुद्ध दायर रिट सर्वोच्चमै विचाराधीन रहेको उल्लेख गरेका छन् । सोही कारण कुलमानले आफ्नो नियुक्तिविरुद्ध प्रश्न उठाउन नसक्ने उनले जिकिर गरेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro