site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उनान्नब्बे वर्षमा नागरिकता पाउँदाको खुसी

बाजुरा । बाजुराको बूढीगंगा नगरपालिका–८ की रंगी नेपालीले ८९ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छिन् । प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नेपालीलाई आज नेपाली नागरिकता प्रदान गरेका हुन् । 

उनलाई पहिलेदेखि नेपाली नागरिकता दिलाउन प्रयास गरिए पनि कानुनी जटिलताका कारण नसकेको सो वडाका वडाअध्यक्ष रमेश रावलले बताए । 

वडाअध्यक्ष रावलका अनुसार नेपालीको एक छोरीले विवाह गरेर गएपछि साहाराविहीन बनेकी र नागरिकता नहुँदा नगरपालिकाबाट प्राप्त सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो । 

वडाध्यक्ष रावलले ती वृद्धाको आफन्त कोही नभएपछि आफैँले सनाखत गरेर नागरिकता दिलाउन सहयोग गरेको बताए । 

नागरिकता पाएपछि नेपालीले खुसी व्यक्त गरेकी छिन् । आफ्नो सबै थोक नाताले भाइ पर्ने रमेश रावल भएको उनले बताइन् । “वडा अध्यक्षकै कारणले मैले आज नागरिकता पाएँ,” नेपालीले भनिन् ।

उनको श्रीमान बितेको २२ वर्ष भए पनि हालसम्म कानुनी प्रक्रिया नपुगेपछि नागरिकताबाट वञ्चित भएकी थिइन् । नेपाली नागरिक भएको र स्थायी बसोबास गर्दै आएकी वृद्धालाई कानुनी प्रावधान पूरा गरी आज नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए । 

जिल्लाका दुर्गम बस्तीमा कतिपय नगारिकले समयमै नागरिकता नपाउँदा समस्या झेल्दै आएकाले प्रशासनमा वडाबाट सिफारिस भएर आएका नागरिकलाई कानुनी रूपमा समस्या नआउने गरी नागरिकता दिने गरेको उनको भनाइ छ ।रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro