site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
चितवनका सांसदहरुको विकास मोडालिटी, रिङ रोड र लिंक रोडलाई प्राथमिकता
Sarbottam CementSarbottam Cement

चितवन । चितवनबाट प्रतिनिधिसभा तथा प्रदेशसभाबाट निर्वाचित सांसदहरुले आफ्नो क्षेत्रमा तत्काल गर्नुपर्ने कामको ‘मोडालिटी’ तयार पारेका छन् । विकासको काममा कुन विषयलाई बढी प्राथमिकता दिने भन्नेबारेमा सांसदहरुले मोडालिटी तयार पारेका हुन् ।

चितवन क्षेत्र नम्बर ३ का विजयी सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको चारदिने बसाइका क्रममा यहाँको विकास प्राथमिकताबारे आफूले मोडालिटी तयार पारेको बताए । चितवनमा आफ्नो निर्वाचन क्षेत्रमा दर्जनौँ कार्यक्रममा सहभागी भएका प्रचण्डले दीर्घकालीन योजनाको मोडालिटी तयार पारेको बताएका थिए । उनले आफ्नो दीर्घकालीन योजनालाई अगाडि बढाउन भरतपुर महानगरपालिकालाई निर्देशनसमेत दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भरतपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा रिङरोड र लिंकरोड निर्माणको मोडालिटी आफूले तयार पारेको बताए । उनले आफ्नो विकासको पहिलो प्राथमिकता नारायणी र राप्ती नदीमा तटबन्ध रहेको बताए ।

उनले नारायणी नदीमा नयाँ पुल निर्माण गर्ने पनि आफ्नो प्राथमिकता रहेको उल्लेख गरे ।

Global Ime bank

चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सुरेन्द्र पाण्डेले आफूले पनि विकासको मोडालिटी तयार पारेको बताए । उनले भने, ‘जादु देखाएजसरी तत्कालै विकासको काम धमाधम अघि बढ्न सक्दैन । यसको लागि पहिले बजेट आउनुपर्छ ।’

उनले अब आउने बजेटबाट आफूले चितवन क्षेत्र नम्बर १ मा विकासको धेरै कामहरु गर्ने योजना रहेको बताए । उनले भने, ‘मैले कयरखोला र लोथरखोलाको तटबन्धलाई विशेष प्राथमिकतामा राखेको छु । पर्यटन, सडक, शिक्षालाई ध्यान दिएर बजेट पार्नेछु ।’ उनले वाम गठबन्धनको घोषणापत्रमा उल्लेख भएका कुरालाई प्राथमिकता दिने बताए ।

चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोख्रेलले चितवनलाई चीनको सांघाईंजस्तो सिटी बनाउन सकिने बताए । उनले चितवनलाई पर्यटन सिटी, औद्योगिक सिटीको रुपमा विकास गर्न एउटा गुरूयोजना बनाएर अघि बढ्ने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १४, २०७४  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय