site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई अर्ब ९६ लाखभन्दा बढीको अनलाइन जुवा खेलाउने ११ भारतीय पक्राउ
Tiktok banner adTiktok banner ad

काठमाडौं । जिल्ला परिसर काठमाडौंले दुई अर्ब ९६ लाखभन्दा बढीको अनलाइन जुवा खेल्ने/खेलाउने ११ भारतीय नागरिकलाई पक्राउ गरेको छ । मंगलबार साँझ सवा ५ बजे बूढानीलकण्ठको देउला टोलस्थित एक घर भाडामा लिई अनलाइन जुवा (सट्टाबाजी) खेलाइरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । 

प्रहरी टोलीले भारतीय नागरिकहरू सनी मिणा, मोहित बर्मा, पियुस भारद्वाज, हरकेश डडैया, निशान्त भारद्वाज, आकाश बर्मा, अंकितकुमार सैनी, सन्जु शाकला, रामसिंह जाठ, लोकेश कुमार र विकाश कुमारलाई पक्राउ गरेको छ । 

निजहरुले दुई अर्ब रुपैयाँभन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन जुवा (सट्टेबाजी) खेल्ने–खेलाउने कार्य गरेको र ९६ लाख ३३ हजारभन्दा बढी रकमबराबरको अभौतिक मुद्रा (क्रिप्टो करेन्सी)को कारोबार समेत गरेको देखिएको प्रहरीले जनाएको छ । 

उनीहरूको साथबाट प्रहरीले ३४ थान मोबाइल, पाँच थान ल्यापटप, हिसाबकिताबको अभिलेख राखिएको नोट बुक चार थान, भारतीय बैंक खाताको चेक बुक १४ थान भारतीय एटीएम २७ थान र भारतीय सिमकार्ड ४० थान बरामद गरेको छ । 

पक्राउ परेकाहरूलाई काठमाडौ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro