अर्थ व्यवसाय

काठमाडौं । नबिल बैंकको कायममुकायम (कामु) सीईओको जिम्मेवारी सिनियर डेपुटी सीईओ मनोज ज्ञवालीले पाएका छन् । आज बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत गर्दै सीईओको जिम्मेवारी ज्ञवालीलाई दिएको हो ।
ज्ञवालीले आजैदेखि लागु हुने गरी जिम्मेवारी पाएका हुन् ।
नबिल बैंक अनुसार, बैठकले चैत १० गतेदेखि नै लागु हुने गरी ढुंगानाको राजीनामा स्वीकृत गरेको छ ।
ढुंगाना गभर्नरको आकांक्षी भएकाले नबिल बैंकबाट बाहिरिएको हुन सक्ने स्रोतहरू बताउँछन् ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१ १२:२०
प्रतिक्रिया दिनुहोस्