site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्राजिलविरुद्ध सानदार जितसहित अर्जेन्टिना विश्वकपमा छनोट

काठमाडौं । घरेलु मैदानमा चिर–प्रतिद्वन्दी ब्राजिलविरुद्ध ४–१ को सहज जित निकाल्दै अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ मा स्थान पक्का गरेको छ ।

बुधबार स्टाडियो मास मोनुमेन्टलमा सम्पन्न खेलमा फिफा विश्वकपको साविक विजेतासमेत रहेको अर्जेन्टिनालाई जित दिलाउन हुलियन आल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलेक्सिस र गुइलियानो सिमोनले गोल गरे । ब्राजिलका म्याथेस कुन्हाले एक गोल फर्काएका थिए ।

खेलको चौथो मिनेटमा आल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसको आठ मिनेटपछि फर्नान्डेजले घरेलु टिमको अग्रता दोब्बर बनाए । 

२६औँ मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिललाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, उनी सफल बन्न सकेनन् । ३७औँ मिनेटमा म्याक एलिस्टरले गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमै ३–१ को अग्रता बनाएको थियो । 

७१औँ मिनेटमा सिमोनले गोल गर्दै अर्जेन्टिनालाई ४–१ को स्थितिमा राखेका थिए । सिमोनको यो राष्ट्रिय टिमबाट पहिलो गोलसमेत हो । यसपछि थप गोल नहुँदा नियमित कप्तान मेसीबिनै मैदान उत्रिएको अर्जेन्टिनाले सहज जित निकालेको हो । 

जितसँगै दक्षिण अमेरिकी छनोटको लिग लिडर अर्जेन्टिनाले १४ खेलबाट ३१ अंकसहित विश्वकपमा स्थान सुनिश्चित गरेको हो । तालिकाको चौथो स्थानमा रहेको ब्राजिलले भने १४ खेलबाट २१ अंक जोडेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  ०८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro