site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायली आक्रमणमा हेजबुल्लाह कमान्डरको मृत्यु
Tiktok banner adTiktok banner ad

जेरुसेलम । लेबनानको नाबातीहमा मंगलबार भएको आक्रमणमा हेजबुल्लाहका एक वरिष्ठ सैन्य कमान्डरको मृत्यु भएको सुरक्षा स्रोतले जनाएको छ ।

“एक इजरायली ड्रोनले काकैयत अल–जिसर गाउँमा मिसाइल प्रहार गर्‍यो, जसमा एक व्यक्तिको मृत्यु भयो,” स्रोतले सिन्ह्वालाई बताएको छ ।

नागरिक रक्षा टोलीहरूले नाबाटीहको अस्पतालमा पुर्‍याएको शव हिज्बुल्लाह सैन्य कमाण्डर हसन कमाल हलावीको रूपमा पहिचान गरिएको नाम नखुलाइएको स्रोतले जनाएको छ ।

यद्यपि, लेबनानको जनस्वास्थ्य आपतकालीन अपरेसन सेन्टरले एक विज्ञप्तिमा मृत व्यक्ति ‘एक नागरिक’ भएको बताएको छ ।

यसैबीच, इजरायली सेनाले हिजो राति नाबाटीहमा ड्रोन आक्रमण गरी हलावीलाई मारेको पुष्टि गरेको छ ।

“युद्धको क्रममा हलावी इजरायलविरुद्ध धेरै आतंकवादी आक्रमणहरूको लागि जिम्मेवार थिए,” सेनाले एक विज्ञप्तिमा उल्लेख गरेको छ, “हालैका महिनाहरूमा हलावी इजरायली नागरिकहरू विरुद्ध आतंकवादी गतिविधिमा संलग्न भएका थिए ।”

नोभेम्बर २७, सन २०२४ देखि, हेजबुल्लाह र इजरायल बीच अमेरिका र फ्रान्सेली मध्यस्थतामा युद्धविराम लागु भएको थियो ।

इजरायलले लेबनानी भूभागबाट फिर्ता जानुपर्ने सम्झौताको बाबजुद पनि इजरायली सेनाले फेब्रुअरी १८ को समयसीमाभन्दा बाहिर पनि सीमामा पाँच प्रमुख स्थानहरूमा आफ्नो स्थिति कायम राखेको छ । रासस/सिन्ह्वा 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro