site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
इन्टरनेटको बढ्दै बजार, यी हुन् सात ठूला कम्पनी

काठमाडौं । नेपालमा इन्टरनेट कम्पनीको बजार निरन्तर बढ्दै गएको छ । पछिल्लो तीन महिनायता इन्टरनेटका ग्राहक बढ्दै गएका दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको पछिल्लो फागुनको तथ्यांकानुसार, हाल नेपालमा इन्टरनेट सेवा लिनेको संख्या ३० लाख ८२ हजार ७२६ पुगेको छ ।

माघमा इन्टरनेटका ग्राहक ३० लाख ६१ हजार ९८३ थिए । पुसमा इन्टरनेटका ग्राहक २९ लाख ८४ हजार ५६१ रहेका प्राधिकरणको तथ्यांक छ ।

पछिल्लो तीन महिनामा प्रमुख २० र केही अरू इन्टरनेट कम्पनीका कुल ग्राहकको संख्या बढेको हो । सबैभन्दा धेरै ग्राहक हुने इन्टरनेट कम्पनीका रूपमा वर्ल्डलिंक कम्युनिकेसन्स छ । नौ लाख ८६ हजार ७९ ग्राहकसहित यसको बजार हिस्सा ३१.९९ प्रतिशत छ ।

दोस्रोमा तीन लाख ५० हजार ६७६ ग्राहक एवं ११.३८ प्रतिशत बजार हिस्सा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को छ ।

तेस्रो नम्बरमा तीन लाख ४५ हजार ७६ ग्राहकसहित डिश मिडिया नेटवर्ककको बजार हिस्स ११.१९ प्रतिशत छ ।

तीन लाख १० हजार २९८ ग्राहक रहेका सुबिसु केबलनेटको बजार हिस्सा १०.०७ प्रतिशत छ । ७.९० प्रतिशत बजार हिस्सा रहेको भायनेट कम्युनिकेसन्सका ग्राहक दुई लाख ४३ हजार ६८७ छन् ।

वेबसर्फर नेपाल कम्युनिकेसन्स एक लाख ८७ हजार २९९ ग्राहकसहित ६.०८ प्रतिशत बजार हिस्सा ओगट्दै छैटौँ नम्बरमा छ । यसआधारमा सातौँ स्थानमा रहेको क्लासिक टेकका ग्राहक एक लाख ७८ हजार २३५ छन्, यसले ५.८० प्रतिशत बजार हिस्सा ओगटेको छ ।

यीबाहेक विभिन्न २० कम्पनीले नेपालमा फिक्सड ब्रोडब्यान्ड इन्टरनेट सेवा दिइरहेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro