site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्रान्स सेमिफाइनलमा, स्पेनसँग खेल्ने 

काठमाडौं । दोस्रो लेगमा क्रोएसियाविरुद्ध ‘सडन डेथ’मा जित निकाल्दै फिफा विश्वकप २०२२ को साविक उपविजेता समेत रहेको फ्रान्स यूईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति दोस्रो लेगको निर्धारित र अतिरिक्त समयसम्म फ्रान्सले २–० को अग्रता बनाएपछि खेल पेनाल्टी सुटआउटसम्म पुग्यो । पहिलो लेगमा क्रोएसियाले घरेलु मैदानमा विश्वकप उपविजेताविरुद्ध २–० कै जित निकालेको थियो ।

पेनाल्टीमा फ्रान्सका किलियन एमबाप्पे, अरेलिएन चुवामेनी, रान्डाल कोलो मुआनी, डिजायर डोए र डायोट उपामेकानोले गोल गरे । फ्रान्सका जुलेस काउन्डे र थियो हर्नान्डेज पेनाल्टीमा असफल बने ।

पाहुना टिमका निकोला मोरो, मारियो पासालिच, क्रिस्टियन जाकिच र डुज कालेटा–कारले गोल गरे । क्रोएसियाका मार्टिन बटुरिना, फ्रान्जो इभानोभिच र जोसेप स्टानिसिच गोल गर्न असफल रहे ।

त्यसअघि, फ्रान्सलाई दोस्रो लेगको निर्धारित समयसम्म जित दिलाउन माइकल ओलिस र ओस्मान डेम्बेलेले गोल गरेका थिए । यी दुवै गोल दोस्रो हाफमा भएका थिए ।

फ्रान्सले अब फाइनल प्रवेशका निम्ति युरो च्याम्पियन स्पेनविरुद्ध प्रतिस्पर्धा गर्नेछ । स्पेनले आइतबारै भएको अर्को खेलमा नेदरल्यान्ड्सविरुद्ध ‘सडन डेथ’मै जित निकाल्दै अन्तिम–४ को यात्रा तय गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro