site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
साइबर आक्रमणबाट जोगिन टिकटकले ल्यायो सुरक्षा चेकअप टुल

बेइजिङ । भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल लन्च गर्ने घोषणा गरेको छ । यो ‘सेन्ट्रलाइज्ड ड्यासबोर्ड’ प्रयोगकर्तालाई आफ्नो खातालाई सजिलै सुरक्षित गर्न मद्दत गर्न डिजाइन गरिएको हो ।

यो उपकरण एपमा रहेको ‘सुरक्षा र अनुमति’ विकल्पअन्तर्गत ‘सेटिङ्स र गोपनीयता’ खण्डमा फेला पार्न सकिन्छ । यसले विभिन्न सुरक्षा विकल्प प्रदान गर्छ, जस्तै तपाईंको खातालाई फोन नम्बर वा इमेल ठेगानामा लिंक गर्ने, लगइन गर्ने ब्याकअप विधि सुनिश्चित गर्न, दुई–कारक प्रमाणीकरण सक्षम र अनुहार पहिचान वा फिंगरप्रिन्टजस्ता बायोमेट्रिक प्रमाणीकरण लगइन विकल्प प्रदान गर्छ ।

यसले खातासँग सम्बन्धित उपकरण हेर्ने कुनै पनि अज्ञात वा अब प्रयोगमा नरहेको यन्त्रमा पहुँच रद्द गर्ने, खातामा हुने संदिग्ध गतिविधिको निगरानी गर्ने र उपयुक्त कारबाही गर्न प्रयोगकर्तालाई सचेत गर्ने क्षमता प्रदान गर्छ ।

साइबर आक्रमण बढ्दै गएका बेला टिकटकले यो कदम चालेको हो । ‘सुरक्षा जाँच’ उपकरणमार्फत प्लेटफर्मले खाता टेकओभर वा ह्याकिङको जोखिम कम गर्दै प्रयोगकर्तालाई सुरक्षित अनुभव प्रदान गर्न खोजेको छ ।

टिकटकले विस्तारै यो उपकरणलाई विभिन्न क्षेत्रमा लन्च गर्ने अपेक्षा गरिएको छ । त्यसपछि यसलाई विश्वभरका सबै प्रयोगकर्ताका निम्ति उपलब्ध गराइनेछ । रासस/क्यूएनए

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  २१:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कर्मचारीलाई लोभमा नपार !
कर्मचारीलाई लोभमा नपार !
Hamro patroHamro patro